काठमाडौँ-नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा समानुपातिक सांसद छनोटको विषय मुख्य एजेण्डा रहेकाे । बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये २० जनालाई प्रतिनिधि सभा सदस्य छनेट गरी निर्वाचन आयोगमा पठाउने छ।
कांग्रेसले खस–आर्य र आदिवासी जनजातिबाट ६–६ जना छान्ने छ। यस्तै मधेसी र दलितबाट ३–३ जना समेट्ने छ। कांग्रेसले थारू र मुस्लिममा एक–एक जना उम्मेदवारको नाम बन्दसूचीबाट छान्ने छ। जसमा एक जना पीछडिएको क्षेत्रमा समेट्नुपर्नेछ।






प्रतिक्रिया