काठमाडौं-नवनिर्वाचित सांसद तथा पूर्वमन्त्री महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै सच्याउन सुझाव दिएका छन् ।
निर्वाचन गराएर बाहिरिने बेला प्रधानमन्त्री कार्कीले आइतबार मात्रै आफ्नै प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्त गरेकी थिइन् । यसअघि पनि विवादमा तानिएका श्रेष्ठलाई प्रधानमन्त्रीले आकर्षक नियुक्ति गरेपछि पुन: विवाद भएको छ।
यसै सन्दर्भमा टिप्पणी गर्दै सुशीला कार्कीकै क्याविनेटमा मन्त्री भएका पुनले १०० प्रतिशत गलत काम भएको बताएका हुन् ।
पूर्वमन्त्री पुनले नियुक्त गरिएका आदर्शलाई पनि सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीको इज्जत धुलोमा मिसिन नदिन पद नदिन सुझाव दिएका छन् ।
यस्तै प्रकारका नातावाद र कृपावादका कारण पुराना दलहरु खराब भएको स्मरण गराउँदै महावीरले यही तरिकाले नयाँ दलहरु पनि कालान्तरमा मासिने टिप्पणी गरेका छन् ।
‘प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखको पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई गरेको नियुक्ति १०० प्रतिशत गलत हो,’ पुनले लेखेका छन्, ‘आदर्श भाइ, प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाको खातीर त्यो पद नलिउ । त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाई देउ ।’







प्रतिक्रिया