अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


काठमाडौँ-सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि तोकेको मूल्य अनुसार यस्तो देखिएको हो । 

सोमबारका लागि सुनको मूल्य ३ लाख ९ हजार ५०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन यो मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो । 

त्यस्तै, चाँदीको मूल्य ५ हजार २७० रुपैयाँ कायम भएको छ । आइतबार यो मूल्य ५ हजार २६५ रुपैयाँ रहेको थियो ।