सुर्खेत-बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन्। सिकार खेल्न गएका सुर्खेतका ५ जना युवक सम्पर्कविहीन भएका प्रहरीले जानकारी दिएको हो । उनीहरू २०८२ फागुन २३ गते सिकार खेल्न गएका थिए ।
बेपत्ता हुनेमा बराहताल गाउँपालिका-१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका-८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।
सम्पर्कविहीन हुनेहरू गाउँदेखि १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्जतर्फ सिकार खेल्न गएको प्रहरीले जनाएको छ। उनीहरूको खोजिका लागि राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र आपसापको क्षेत्रका प्रहरी एकाइसँग समन्वय भइरहेको उनले बताए।






प्रतिक्रिया