अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री कार्कीद्वारा सार्वजनिक सम्बोधन प्रणालीको निरीक्षण

प्रधानमन्त्री कार्कीद्वारा सार्वजनिक सम्बोधन प्रणालीको निरीक्षण


काठमाडौँ-प्रधानमन्त्री सुशीला कार्कीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सुरु गरिएको सेवा प्रवाहको नवीनतम मोडेलको निरीक्षण गरेकी छन् ।

चैत २ गते सोमबार काठमाडौंको बबरमहलस्थित प्रशासन कार्यालय पुगेर प्रधानमन्त्री कार्कीले सुशासन प्रवर्द्धनको लागि सुरु भएको सेवा प्रवाहको नवीनतम मोडेल पब्लिक अनाउन्समेन्ट सिस्टम (सार्वजनिक सम्बोधन प्रणाली) सहितको समग्र प्रणालीको निरीक्षण गरेकी हुन् । 

निरीक्षणको क्रममा प्रधानमन्त्री कार्कीले नागरिकलाई सहज सेवा प्रवाहका लागि सुरु गरिएको नयाँ प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीले नयाँ प्रणालीबाट कार्यालय व्यवस्थापनमा भइरहेको गतिविधिको समेत जानकारी लिनुभएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए । नयाँ प्रणालीले सेवाग्राहीको समय बचत हुने र सहज रूपमा सेवा लिन सकिने उनले बताए ।