अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद (सूची)

यी हुन् समानुपातिकतर्फ निर्वाचित ११० सांसद (सूची)


काठमाडाैँ-निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक गरेको छ। साेमबार आयाेगले विभिन्न ६ वटा पार्टीबाट निर्वाचित हुने सांसदहरुकाे सूची प्रकाशित गरेकाे हाे।

यस अघि पेस भएको बन्दसूचीबाट आफ्नो दललाई प्राप्त गरेको सिट कलस्टर अनुसार निर्वाचन आयोगमा पेस गरेपछि आयोगले सोमबार ११० जना निर्वाचित भएको घोषणा गरेको हो । 

आयोगका अनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ९ जना, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४–४ जना निर्वाचित भएका छन् ।

आयोगका अनुसार ६ दलबाट ११० जना सांसद निर्वाचित हुँदा ८२ जना महिला निर्वाचित भएका छन् । जसमा सबैभन्दा बढी रास्वपाबाट ४८ जना, दोस्रोमा नेपाली कांग्रेसबाट १५ जना, तेस्रोमा नेकपा (एमाले)बाट १० जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ४ जना, श्रम संस्कृति पार्टीबाट ३ जना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट २ जना छन् ।