अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका विभिन्न मागमा आज हिमपात र वर्षाको सम्भावना

देशका विभिन्न मागमा आज हिमपात र वर्षाको सम्भावना


काठमाडौं – देशका विभिन्न भागमा आज हिमपात र वर्षाको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमपात र वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा र बाँकी हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

विभागले राति गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।