अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाजुरामा गाउँले बीच कुटाकुट,एकजनाको मृत्यु

बाजुरामा गाउँले बीच कुटाकुट,एकजनाको मृत्यु


बाजुरा- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । स्थानीय ४५ वर्षीय धनबहादुर महतरा र उनका छोरा १८ वर्षीय हेमराजको कुटाइबाट ३५ वर्षीय सर्वाश बुढाको मृत्यु भएको अस्थायी प्रहरी चौकी मुक्तिकोटका प्रहरी सहायक निरीक्षक रवीन्द्र धामीले जानकारी दिए ।

उनका अनुसार महतरा र बुढाबीच पुरानै विवाद थियो । सोमबार साँझ ६ः०० बजेतिर झगडा सुरु भएको र झगडामा कुटाकुट हुँदा महतराका बाबुछोराले ढुङ्गाले टाउकोमा हान्दा बुढाको घटनास्थलमै मृत्यु भएको हो ।

बेलुकी ६ः३० बजे बुढालाई ढुङ्गाले हानेर मृत्यु भएको र घटना घटेको एक घण्टापछि अर्थात् ७ः३० बजे अस्थायी प्रहरी चौकी मुक्तिकोटमा जानकारी प्राप्त भएको प्रहरी सहायक निरीक्षक धामीले बताए ।

खबरपछि प्रहरी सहायक निरीक्षकको टोली पुगेर पीडक धनबहादुर महतरालाई नियन्त्रणमा लिएको र उनका छोरा हेमराज भने फरार रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइहरको प्रहरीले जनाएको छ ।