काठमाडौं-इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा फेरि हवाई हमला गरिएको छ। समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार बगदादमा रहेको अमेरिकी दूतावासमा धेरैवटा ड्रोन र रकेट प्रहार गरिएका हुन्।
इराकी सुरक्षा स्रोतले एएफपीलाई बताएअनुसार ‘यो हालैका दिनमा भएको सबैभन्दा ठुलो आक्रमण हो।’
यद्यपि आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन।
आक्रमण हुनुभन्दा लगभग छ घण्टाअघि अमेरिकी दूतावासले इराकमा रहेका अमेरिकी नागरिकका लागि नयाँ सुरक्षा सतर्कता जारी गरेको थियो।
यसैबिच इजरायलले इरानको राजधानी तेहरानमा ठुलो मात्रामा हवाई आक्रमण गरेको दाबी गरेको छ।
अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता लडाइँ जारी छ।






प्रतिक्रिया