अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अभिमुखीकरण कार्यक्रममा जुट्दै रास्वपा सांसद

अभिमुखीकरण कार्यक्रममा जुट्दै रास्वपा सांसद


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन नवनिर्वाचित सांसद्हरु  ग्वार्कोस्थित होटल रोयल टुलिपमा पुगेका छन्।

दुई दिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति-निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतका बारेमा जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।

कार्यक्रमको उद्घाटन उपसभापति समेत रहेका पार्टी संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद अर्याल (डिपी)ले गर्नेछन्।

अभिमुखीकरणमा पार्टीका सभापति रवि लामिछाने, उपसभापतिद्वय, डिपी अर्याल, स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी र केही आगन्तुक प्रशिक्षकहरूले अभिमुखीकरण दिनेछन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा एक सय ८२ सिट हासिल गरेको छ।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले नवनिर्वाचित सांसदहरूलाई सो अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन छ बुँदे निर्देशन जारी गर्दै आह्वान गरिसकेका छन्।