काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि आयोजना गरेको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सुरु भएको छ।
ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा कार्यक्रमको आयोजना गरिएको हो। अभिमुखीकरण कार्यक्रमको रास्वपाका उपभासपतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर उद्घाटन गरेका छन्।
उद्घाटन समारोहमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि सहभागी हुने कार्यक्रम रहेको थियो। तर, वरिष्ठ नेता शाह भने उपस्थित भएनन्।
कार्यक्रममा नवनिर्वाचित प्रत्यक्ष तथा समानुपातिक सांसद सहभागी छन्। रास्वपाले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १८२ सिट जितेको छ।
आफ्ना अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास र आचारसंहिता लगायत विषयमा अभिमुखीकरण र प्रशिक्षणका दिनको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ। दुई दिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतमा प्रशिक्षित दिइने जनाइएको छ।








प्रतिक्रिया