काठमाडौं-गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको काठमाडौंको बबरमलस्थित सडक विभाग ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित बनेको छ।
आन्दोलनका क्रममा, संघीय संसद भवन, सिंहदरवार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका संरचनामा आगजनी भएको थियो। राणाकालिन ऐतिहासिक र पुरातात्वीक महत्व बोकेका कतिपय भवन पूर्ण रुपमा क्षतविक्षत छन्। तर पुनःनिर्माणको कुनै तयारी भइसकेको छैन।
सडक विभागको भवनका सन्दर्भमा सरकारले क्षतिको विवरण संकलन गरेपनि पुनःनिर्माणको अनुमानित लागतको कुनैपनि तथ्यांक निकालि नसकेको विभागका सहायक प्रवक्ता ई.शुभाञ्जन दाहालले जानकारी दिए ।
विभागको सामान्य काम बाहेक अन्य काम चाकुपाटबाट भइरहेको र अबको ६ महिनाभित्र मीन भवनस्थित नयाँ भवनमा सर्ने उनले जानकारी दिए ।








प्रतिक्रिया