काठमाडौँ-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भेट्न उपराष्ट्रपति रामसहायप्रसाद यादव गुन्डु पुगेका छन्।
पितृशोकमा रहेका अध्यक्ष ओलीलाई समवेदना प्रकट गर्न उपराष्ट्रपति यादव आज गुन्डु पुगेका हुन्।
उपराष्ट्रपति यादवले अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ।
शोकको घडीमा उपराष्ट्रपतिले शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक सहानुभूति एवं समवेदना व्यक्त गर्नुभएको हो।
एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसादको फागुन २९ गते ९७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो।








प्रतिक्रिया