अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपाको संसदीय दलको नेता बन्दै ज्ञानेन्द्र शाही

राप्रपाको संसदीय दलको नेता बन्दै ज्ञानेन्द्र शाही


काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही बन्ने भएका छन्। जुम्लाबाट प्रत्यक्ष निर्वाचित भएका उनी पार्टीका एक मात्र प्रत्यक्ष विजेता हुन्।

यसपटक पार्टी ५ सिटमा सीमित भए पनि शाहीको जितले राष्ट्रिय पार्टीको मान्यता जोगिएको छ। यही कारण पार्टीभित्र उनको नेतृत्वप्रति समर्थन बलियो देखिएको हो।

औपचारिक निर्णय भने पार्टी बैठकबाट हुनेछ। तर नेताहरूले संसदीय दलको नेतामा शाहीबाहेक अन्य विकल्प नरहेको बताएका छन् । शाहीले लगातार दोस्रोपटक जुम्लाबाट जितेका हुन् ।

शाही अघिल्लो पटक संसदमा राप्रपाको प्रमुख सचेतकको भूमिकामा थिए।

२०७९ सालको निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी कुल १४ सिट जितेको थियो। यसपटक प्रत्यक्षमा १ र समानुपातिकमा ४ गरी राप्रपा ५ स्थानमा खुम्चिएको छ।

अघिल्लो संसदमा पाचौं ठूलो दलको हैसियतमा रहेकोमा यसपटक छैटौंमा झर्यो । लामो इतिहास बोकेको राप्रपालाई भर्खरै खुलेको श्रम संस्कृति पार्टीले उछिनेको छ ।