तानसेन-नेकपा एमालेले पाल्पाको तानसेन नगर कमिटी सहित सबै वडा कमिटीहरू विघटन गरेको छ। मंगलबार बसेको बैठकले नगर कमिटीसहित १४ वटा वडा कमिटी विघटन गरेको हो ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले ल्याएको परिणामबारे समीक्षाका लागि बसेको बैठकले अहिलेकै अवस्थामा पार्टी पङ्क्तिलाई अगाडि बढाउन नसकिने भन्दै नगर र सबै वडा कमिटीहरू विघटन गरेको नगर अध्यक्ष गुराँस आत्रेयले जानकारी दिए।
आत्रेयका अनुसार नगर र वडामा अर्को कमिटी गठन नहुँदासम्म भने अहिले विघटन गरिएका पुरानै कमिटीले काम गर्ने छन्।
नयाँ कमिटी गठनका लागि जेठ ३ गते नगर कमिटी गठनका लागि अधिवेशन गर्ने निर्णय गरिएको छ भने तीन महिनाभित्र सबै वडा कमिटीहरूले अधिवेशन गर्ने निर्णय भएको उनले बताए।






प्रतिक्रिया