काठमाडौं – देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ ।
गण्डकी प्रदेशको तराई तथा वाग्मती र कोसी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भूभागलगायत गण्डकी र कर्णाली प्रदेशको हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।






प्रतिक्रिया