काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा हिजो (मंगलबार) उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीले आज सभापति लामिछाने र वरिष्ठ नेता बालेन साह आजको समापन समारोहमा सहभागी हुने जानकारी दिएका छन् ।
अभिमुखीकरणको पहिलो दिन हिजो सभापति लामिछाने र वरिष्ठ नेता साह दुवैजना सहभागी भएका थिएनन् ।






प्रतिक्रिया