अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं: इरान

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं: इरान


काठमाडौं-इरानका सेना प्रमुख अमीर हातामीले इजरायली हवाई हमलामा मारिएका अली लारिजानीको हत्याको ‘निर्णायक’ बदला लिने धम्की दिएका छन् ।

उनले मंगलबार मारिएका सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव लारिजानीसँगै अन्य ‘सहिद’हरूको मृत्युको बदला लिने धम्की दिएका हुन् ।

इरानले यसअघि मंगलबार इजरायलको हवाई आक्रमणमा लारिजानी मारिएको पुष्टि गरेको छ। 

इरानका सैन्य प्रमुख हातामीले विज्ञप्तिमा भनेका छन्, ‘सही समय र स्थानमा अपराधी अमेरिका र रक्तपिपासु यहुदी शासकले निर्णायक र बलियो जवाफ पाउनेछ, जुन अरूका लागि पनि पाठ हुनेछ, जसले उनीहरूलाई आफ्नो कर्मप्रति पछुतो हुनेछ।’

एएफपी समाचार एजेन्सीका अनुसार इरानको इस्लामिमक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले लारिजानी हत्याको बदलामा मध्य इजरायलमा यसअघि नै मिसाइल प्रहार गरिसकेको बताएको छ। आईआरजीसी इरानी सेनाभन्दा फरक संगठन हो।

यसअघि अमेरिका र इजरायले गत फेब्रुअरी २८ मा इरानमा संयुक्त हवाई हमला गरी त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित धेरै जना शीर्ष नेता तथा सैन्य अधिकारी मारिसकेको छ। 

जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा ड्रोन/क्षेप्यास्त्र प्रहार गर्ने क्रम जारी राखेपछि मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।

इरानका अनुसार इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म ३ हजारभन्दा बढी मानिस मारिइसकेका छन्।