अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक


काठमाडौँ-संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आह्वान गरेको छ। संसद्का महासचिव पद्मप्रसाद पाण्डेले बिहीबार दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरिएको जानकारी दिए । 

संसद्का महासचिव पाण्डेका अनुसार बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ ।

२०८२ फागुन २१ गते भएको प्रतिनिधिसभाबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले , नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा सिट जितेका छन्।