अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कारबाहीपछि प्रचण्ड-सीतासँगको तस्बिर राख्दै गजुरेलले भने-गहिरो घोत्लिनु आजको आवश्यक्ता

कारबाहीपछि प्रचण्ड-सीतासँगको तस्बिर राख्दै गजुरेलले भने-गहिरो घोत्लिनु आजको आवश्यक्ता


काठमाडौ‌ – कारबाहीमा परेपछि तत्कालीन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता हरिबोल गजुरेलले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रचण्ड पत्नी सीता दाहाल (स्वर्गारोहण) र छोरी रेणु दाहालसँगको तस्बिर राख्दै ‘गहिरो घोत्लिनु आजको आवश्यक्ता’ भएको बताएका छन्।

बिहीबार आफ्नो फेसबुकमा तस्बिर सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। ‘इमान्दारिताको प्रतीक मानिएको इतिहास वर्तमानमा किन र कुन पात्र तथा प्रवृत्तिगत कारणले विद्रुप बन्न पुग्यो भन्ने प्रश्नमा गहिरो घोत्लिनु आजको अनिवार्य आवश्यकता हो’, उनले लेखेका छन्।

गजुरेल माघ १० गते कारबाहीमा परेका थिए। उनीसहित सात जनालाई पार्टी हित विपरीत कार्य गरेको भन्दै नेकपाले निष्कासन गरेको थियो। निस्कासनमा पर्नेमा गजुरेलसहित महेश्वर दाहाल, कुलप्रसाद केसी, मेजर राई, धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह थिए।

सिन्धुली- २ बाट गजुरेलले बागी उम्मेदवारका रुपमा महेश्वर दाहाललाई उठाएपछि उनी कारबाहीमा परेका थिए। सिन्धुली- २ मा नेकपाको आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) रहेका थिए। उनलाई सहयोग नगरी गजुरेलले बागी उम्मेदवारी उठाएपछि पार्टीले कारबाही गरेको थियो।

फागुन २१ गतेको चुनाव सकिएको झण्ड १५ दिनका गजुरेलले प्रचण्डसहितको तस्बिर सार्वजनिक गर्दै इमान्दारिताको प्रतीक मानिएको इतिहास वर्तमानमा किन र कुन पात्र तथा प्रवृत्तिगत कारणले विद्रुप बन्न पुग्यो भन्ने जिज्ञासासहित घोत्लिनुपर्ने आवश्यक्ता औल्याएका हुन्।