अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलालीको टिकापुरमा सशस्त्र प्रहरी गणभित्रै प्रदर्शन

कैलालीको टिकापुरमा सशस्त्र प्रहरी गणभित्रै प्रदर्शन


काठमाडौँ-कैलालीको टिकापुरस्थित खक्रौला भन्सार कार्यालय नजिक रहेको सशस्त्र प्रहरी गणभित्र केही युवाहरू प्रवेश गरी विरोध प्रदर्शन गरेका छन्। गणभित्र कार्यरत एक डिएसपीले सर्वसाधारणमाथि दुर्व्यवहार गरेको भन्दै आक्रोशित युवाहरू प्रत्यक्ष रूपमा प्रहरी अड्डामै पुगेका हुन्।

घटनास्थलमा युवाहरूले सम्बन्धित अधिकृतको व्यवहारप्रति असन्तुष्टि जनाउँदै विरोध गरेका छन्। स्थिति केही समय तनावपूर्ण बनेको भए पनि थप विवरण भने सार्वजनिक भइसकेको छैन।

यस विषयमा प्रहरीको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।