अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिकका ११० सांसदलाई प्रमाणपत्र वितरण (तस्बिरहरू)

समानुपातिकका ११० सांसदलाई प्रमाणपत्र वितरण (तस्बिरहरू)


काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान गरिएको छ। निर्वाचन आयोगले आयोग परिसरमा एक समारोहको आयोजना गरी समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र उपलब्ध गराएको हो।

समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नौ, श्रम संस्कृति पार्टीले चार र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सिट पाएका छन्। 

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।

आयोगले आजै निर्वाचन परिणामसहितको पूरा प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउँदैछ । प्रतिवेदन बुझाएपछि संसदको पहिलो बैठक साथै सरकार गठनको आव्हानको बाटो खुल्नेछ ।

समानुपातिकतर्फ निर्वाचित सांसदलाई निर्वाचित प्रमाणपत्र प्रदान काठमाडौँ, ५ चैतः गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसद