काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई चयन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो।
यस्तै, बैठकले प्रमुख सचेतकमा खुश्बु ओलीलाई बनाउने निर्णय गरेको हो।
बैठक पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा बसेको हो। राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा ४ सिट प्राप्त गरेको छ।






प्रतिक्रिया