अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता

रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहित शीर्ष नेताबीच भेटवार्ता भएको छ। बिहीबार साँझ सभापति लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको हो।

रास्वपा उपसभापति वाग्लेले समाजिक सञ्जालमा चार जनाबीच भेटघाटको तस्बिर पोस्ट गरेका छन्। उपसभापति वाग्लेले लेखेका छन्, ‘राजकाज। आज साँझको छलफल।’

उपसभापति वाग्लेले राखेको तस्बिरमा सभापति रवि लामिछाने, उनी र अर्का उपसभापति डीपी अर्याल तथा वरिष्ठ नेता बालेन्द्र साह देखिएका छन् । 

रास्वपा शीर्ष नेतृत्वबीच काठमाडौँको दरबारमार्गस्थित रोयल सिङ्गीमा भेटवार्ता भएको जनाइएको छ। 

आजै प्रतिवेदन निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि रास्वपा नेताहरु छलफलमा जुटेका हुन् । उक्त तस्बिरअनुसार उनीहरू नयाँ सरकार गठनको छलफलमा जुटिरहेको बुझ्न सकिन्छ ।