काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन्।
बिहीबार साँझ भएको रास्वपा शीर्ष नेता छलफलमा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबिच बिहीबारको छलफलले प्रधानमन्त्रीमा शाहले शपथ लिने मिति तय गरिएको हो।
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलसँगको छलफलपछि चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित सांसदको शपथ ग्रहण तय गरिएको हो।
उपसभापित स्वर्णिम वाग्लेका अनुसार चैत १३ मा शाहले प्रधानमन्त्री पदको शपथ लिनेछन्।






प्रतिक्रिया