काठमाडौं- जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस प्रदेशलगायत कोसी र लुम्बिनी प्रदेशका तराईमा आज प्रतिघण्टा ५० ६० किलोमिटर सम्मको हुरी चल्ने सम्भावना छ।
महाशाखाले आज ११ बजे हुरीबतारसम्बन्धी अध्यावधिक सूचना जारी गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सजगता अपनाउन सुझाव दिएको छ।
सूचनामा भनिएको छ, ‘आज चैत्र ०६ गते शुक्रबार मधेस प्रदेशलगायत कोसी र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी (करिब ५० ६० किमि प्रतिघण्टा) चल्ने सम्भावना छ। यसकारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसबाट हुन असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।’
महाशाखाले यस विषयमा निरन्तर अनुगमन गरिरहेको र नियमित रूपमा अध्यावधिक जानकारी गराइने जानकारी दिँदै सबैलाई अध्यावधिक मौसमी सूचना हेर्न अनुरोध गरेको छ।






प्रतिक्रिया