अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु


काठमाडौँ-नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक सुरु भएको छ। बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा केहीबेरअघि सुरु भएको हो।

कांग्रेस सभापति गगन थापाले राजीनामा दिएका कारण उपसभापति शर्माले बैठकको नेतृत्व गरेका छन्।  

प्रतिनिधि सभामा कांग्रेसले पराजय भोगेका कारण नैतिक जिम्मेवारी लिँदै थापाले बुधबार राजीनामा दिएका थिए। पार्टी सभापति गगन अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर बैठक सुरु भएको छ।

आजको बैठकमा थापाको राजीनामाका विषयमा छलफल हुने जनाइएको छ। यससँगै उनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि पेस हुने भएको छ। 

यससँगै आजको बैठकमा प्रतिनिधि सभा निर्वाचनको समीक्षा पनि गरिने भएको छ। गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी ३८ सिट जितेको छ।