काठमाडौं-नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन्।
शुक्रबार केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका नेता केसीले सञ्चारकर्मीसँग कुराकानी गर्दै दलकाे नेतामा स्वाभाविक रुपमा आफ्नो दाबेदारी रहने बताएका हुन् ।
‘संसदीय दलको नेतामा स्वतः दाबी हुन्छ। म सबैभन्दा त्यहाँको सिनियर नेता हुँ,’ नेता केसीले सञ्चारकर्मीहरूसँग भने, ‘संसदीय अभ्यास र यात्रामा मैले धेरै ठूलो योगदान गरेको छु। अझ तपाईंहरूमध्ये कोही इतिहासलाई हेर्नुहुन्छ भने २०४७ देखिको संसद् कांग्रेसको सिंगै धानिदिने मध्ये म पनि हुँ।’
तर, संसदीय दलको नेताको रुपमा सहमतिपूर्ण ढंगबाटै निष्कर्ष निस्कियोस् भन्ने आफ्नो चाहना रहेको जिकिर गरे ।






प्रतिक्रिया