रूपन्देही-लुम्बिनी प्रदेशका विभिन्न ठाउँ ठूला हावाहुरी चलेको छ। अहिले बुटवलसहित पश्चिम क्षेत्रमा हावाहुरी चल्दा दिउँसै अँध्यारो भएको छ। हल्का वर्षासँगै ठूलो हावाहुरी चलेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका तराईमा आज प्रतिघण्टा ५०/६० किलोमिटर सम्मको हावाहुरीसहितको वर्षा हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको थियो।
हावाहुरी चल्दा रुख ढल्ने, कमजोर संरचना उड्ने र विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेकोले सतर्कत अपनाउन आग्रह गरिएको छ।
सूचनामा भनिएको छ, ‘आज चैत्र ६ गते शुक्रबार मधेस प्रदेशलगायत कोसी र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी (करिब ५०/६० किमि प्रतिघण्टा) चल्ने सम्भावना छ। यसकारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसबाट हुन असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।’
बाँकेका केही स्थानीय तहले भने आज बिदा दिएका छन्।






प्रतिक्रिया