अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हावाहुरी झन् तीव्र हुनसक्ने सम्भावना देखिएको छ: प्राधिकरण

हावाहुरी झन् तीव्र हुनसक्ने सम्भावना देखिएको छ: प्राधिकरण


काठमाडौं-राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गरी काठमाडौँ उपत्यका लगायतका विभिन्न स्थानमा हावाहुरी चलिरहेकाले सतर्कता अपनाउन सचेत गराएको छ।

हावाहुरीबाट रुख ढल्ने, कमजोर संरचना उडाउने वा विद्युत तथा सञ्चार सेवा प्रभावित हुने सम्भावना भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

शुक्रबार अपराह्न प्राधिकरणले जारी गरेको सूचनामा हावाहुरी अझै तीव्र हुनसक्ने आकलन गरिएको छ। ‘हावाहुरी झन् तीव्र हुनसक्ने सम्भावना देखिएको छ,’ प्राधिकरणले भनेको छ। 

हावाहुरीका कारण सडक किनाराका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल ढल्ने, बिजुलीका तार चुँडिने, जस्तापाताले बनाइएका छाना उडाउनेलगायतका जोखिम रहने उल्लेख गरिएको छ। ‘त्यसैले जोखिमयुक्त यात्रा नगरौँ, हावाहुरी नरोकिउञ्जेल सुरक्षित स्थानमा बसौँ। विद्यालयका बसहरू छुट्ने समय भएकोले विशेष ख्याल गर्नु हुन पनि अनुरोध छ,’ प्राधिकरणले भनेको छ।