अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपद्‌मा परी एक महिनामा १८ जनाको मृत्यु, १२४ घाइते

विपद्‌मा परी एक महिनामा १८ जनाको मृत्यु, १२४ घाइते


काठमाडौँ-नेपालमा गएको एक महिनामा विपद्जन्य घटनामा परेर १८ जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेले फागुनमा ५०२ वटा विपद्जन्य घटना भएको र ती घटनाबाट १८ को मृत्यु र १२४ जना घाइते भएको जानकारी दिए।

मृत्यु हुनेमा पाँच पुरुष, नौ महिला र चार जना बालबालिका छन् । यसैगरी घाइते हुनेमा ५३ पुरुष, ५३ महिला र १८ जना बालबालिका रहेका छन् । ती विपद्‌मा ७४ वटा घर, ३५ वटा गोठमा क्षति पुगेको र १०६ वटा पशुचौपाय मरेको प्रहरी मुख्यालयले जनाएको छ । ती विपद्‌बाट ५० परिवार विस्थापित भएका छन्।

मुख्यगरी आगलागी, चट्याङ, जनावर आक्रमण, महामारी, हुरीबतास, हिमपात, लेक लाग्ने, सर्पदंशलगायत घटनाबाट उक्त क्षति भएको हो ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार फागुनमा सबैभन्दा बढी विपद्का घटना कोशीमा १४३ वटा घटेको छ । मधेस प्रदेशमा १०६, बागमती प्रदेशमा ३३, काठमाडौँ उपत्यकामा ३५, गण्डकी प्रदेशमा ५२, लुम्बिनी प्रदेशमा ६३, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा ४२ वटा विपद्का घटना भएका छन्।

ती विपद्का घटनाबाट करिब १५ करोडभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको पनि प्रवक्ता काफ्लेले बताए।