काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले एमालेलाई पहिलेकै लयमा फर्काउन तीन बुँदे प्रस्ताव अघि सारेका छन्।
आफूले सारेको तीन बुँदे प्रस्ताव तत्काल कार्यान्वयन गरे एमाले अझै शक्तिशाली भएर उदाउने उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमा लेखेका छन्, ‘के अब एमाले पहिलेकै लयमा फर्किन्छ ? मेरो विश्वास छ, हामी फर्किने मात्र होइन, अझ आधुनिक र शक्तिशाली भएर उदाउन सक्छौँ। तर यसका लागि हामीले इतिहासको ब्याजमा होइन, भविष्यको लगानीमा ध्यान दिनुपर्छ। अबको एमाले केवल राजनीतिक शक्ति मात्र होइन, देशका जटिल समस्या समाधान गर्ने विज्ञता र प्रविधिसहितको एउटा गतिशील संस्था बन्नुपर्छ।’
पाण्डेका अनुसार यी हुन् एमालेलाई शक्तिशाली बनाउन गर्नुपर्ने तीन काम ः
पहिलो, विज्ञतामा आधारित राजनीतिः अब पार्टीले केवल भाषण होइन, विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा देशको आर्थिक संकट समाधान गर्ने ‘प्राविधिक रोडम्याप’ तयार गर्नुपर्छ।
दोस्रो, डिजिटल मेरिटोक्रेसीः व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्य गर्न आधुनिक प्रविधि र पारदर्शी ‘इभ्यालुएसन फ्रेमवर्क’ लागू गर्नुपर्छ, जसले हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन गरोस्।
तेस्रो, संरचित पुस्तान्तरणः नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन र अनुभवीहरूको ज्ञान उपयोग गर्न ‘को–लिडरसिप र मेन्टरसिप’ को वैज्ञानिक मोडल सुरु गर्नुपर्छ।






प्रतिक्रिया