अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिजो भन्दा आज मौसममा सुधार हुने,केही ठाउँमा बादल र हल्का वर्षा

हिजो भन्दा आज मौसममा सुधार हुने,केही ठाउँमा बादल र हल्का वर्षा


काठमाडौं – नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

देशको पहाडी र हिमाली भू–भागमा आज साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरू तथा कोसी र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति, देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।