काठमाडौँऔगृहमन्त्री ओमप्रकाश अर्यालसँग प्रधान सेनापति अशोकराज सिग्देलबिच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म गृहमन्त्री अर्याल र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता भएको हो।
उनीहरूबिच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन। ‘करिब १ घण्टा भेटवार्ता भएको हो तर के-के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन’, गृह मन्त्रालय स्रोतले भन्यो, ‘मुलुकको शान्ति सुरक्षाको अवस्थाका बारेमा हुनुपर्।’






प्रतिक्रिया