अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुदूरपश्चिम संसदीय दलको कार्यालयमा युवा संघको तालाबन्दी

एमाले सुदूरपश्चिम संसदीय दलको कार्यालयमा युवा संघको तालाबन्दी


धनगढी-नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलको कार्यकक्षमा युवा संघ नेपालले तालाबन्दी गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले अस्पताल व्यवस्थापन समितिमा गरेको नियुक्तिमा रावलले पार्टीमा परामर्श नगरेको भन्दै युवा संघले तालाबन्दी गरेको हो।

युवा संघले संसदिय दलका नेता रावललाई छिटो सम्पर्कमा आउन पनि आग्रह गरेको छ। आइतबार दिउँसो राष्ट्रिय युवा संघ कञ्चनपुर कृष्णपुर नगर कमिटीले तालाबन्दी गरेको हो ।

पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले राजनीतिक नियुक्ति गर्ने विषय संसदीय दल र प्रदेश सरकारले परामर्श नगरेको भन्दै पार्टी केन्द्रलाई समेत जानकारी गराइसकेको स्रोतले बताए ।

एमालेका प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले पनि यो विषयमा पार्टी केन्द्रलाई जानकारी गराएको बताए।