अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा निर्देशक समितिको अध्यक्षबाट डा. लोहनीले दिए राजीनामा

राप्रपा निर्देशक समितिको अध्यक्षबाट डा. लोहनीले दिए राजीनामा


काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्देशक समितिको अध्यक्षबाट डा. प्रकाशचन्द्र लोहनीले राजीनामा दिएका छन्।  फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त परिणामले स्तब्ध बनाएको भन्दै लोहनीले राजीनामा दिएका हुन्।

डा. लोहनीले एक विज्ञप्ति जारी गर्दै पार्टीका जिम्मेवार पदािधकारीले मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्। जनभावनाअनुरुप तदर्थ समिति गठन गरी महाधिवेशन गर्नुपर्ने उनकाे प्रस्ताव छ। महाधिवेशनबाट जिम्मेवारी प्राप्त भए मात्र पदमा रहने गरी अलग हुने समयको मागलाई अनुसरण गर्दै राजीनामा दिएको उनले बताएका छन् ।