अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभापति गगन थापाको राजीनामा अस्वीकृत

सभापति गगन थापाको राजीनामा अस्वीकृत


काठमाडौं-नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ।

थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मा समक्ष विधानको धारा २६ (१) बमोजिम पेश गरेको राजीनामालाई केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको हो।

शुक्रबार र आइतबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले सभापति थापाको राजीनामा अस्वीकार गर्दा विभिन्न आधारलाई ध्यानमा राखेर निर्णय गरेको छ। निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको बैठकको ठहर छ।