काठमाडौं- आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोको तुलनामा आज न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस भन्दा बढी बढको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५.४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.८ डिग्री सेल्सियस छ।
हिजो सुरुवाती मापनमा ८.५ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनका बेला ८.४ डिग्री कायम भएको थियो।
यस्तै आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना न्यून देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बादल भने आंशिक लाग्ने सम्भावना छ।
तथापि प्रि(मनसुन सिजन भएकाले काठमाडौँ उपत्यकामा साँझपख हल्का वर्षा पनि हुन सक्ने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।






प्रतिक्रिया