अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङको सुन्दरहरैँचामा युवक मृत फेला

मोरङको सुन्दरहरैँचामा युवक मृत फेला


विराटनगर-मोरङको सुन्दरहरैँचा–२ मा युवक सडक छेउको नालीमा मृत फेला परेका छन् ।

सुन्दरहरैँचा नगरपालिका–२ का ३४ वर्षीय गोविन्द भनिने अनिल अधिकारी हिमाल चोकस्थित सडक छेउको नालीमा भेटिएका हुन् ।

आज बिहान सडक छेउको घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार अधिकारीको शव नालीभित्र भेटिएको हो भने घटनास्थलनजिकै एउटा साइकल फेला परेको छ। रातका समयमा साइकल चढेर घर जाने क्रममा उनी नालीमा खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।