अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनचाँदीको मूल्यमा लगातार पहिरो, आज कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीको मूल्यमा लगातार पहिरो, आज कतिमा कारोबार हुँदैछ ?


काठमाडौँ-पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको छ। नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ। जुन मूल्य अघिल्लो दिनको तुलनामा ६ हजार ५०० रुपैयाँ कम हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३६ हजार १९५ रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन तोलामा २ लाख ८२ हजार र प्रति १० ग्राम २ लाख ४१ हजार ७७० रुपैयाँ थियो । 

यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ९४ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैबिच सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा ४ हजार ५४० रुपैयाँ कायम भएको चाँदी सोमबार घटेर ४ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।