अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्थविद् केशव आचार्यको निधन

अर्थविद् केशव आचार्यको निधन


काठमाडौं-वरिष्ठ अर्थविद् केशव आचार्यको ७२ वर्षकाे उमेरमा निधन भएको छ। काठमाडौंस्थित अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा आचार्यको २०८२ चैत ९ गते (आज) बिहान ९ः ५५ बजे निधन भएको निधन भएकाे हाे।

आचार्यलाई मस्तिष्कघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो। आचार्यको पार्थिव शरीरको २०८२ चैत १० गते मंगलबार (भोलि) मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। उनका एक श्रीमती, एक छोरा र एक छोरी छन्।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रुपमा समेत जिम्मेवारी सम्हालेका अर्थशास्त्री आचार्यले पछिल्लो समय मुलुकको वित्तीय र समस्त आर्थिक सुशासनका लागि बहस तथा पैरवी गर्दै आएका थिए ।