अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष केपी ओलीलाई समवेदना दिन गुण्डु पुगे रेनु र गंगा दाहाल

एमाले अध्यक्ष केपी ओलीलाई समवेदना दिन गुण्डु पुगे रेनु र गंगा दाहाल


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का दुई छोरीहरु रेनु दाहाल र गंगा दाहाल गुन्डु पुगेका छन्। 

पितृ शोकमा रहेका अध्यक्ष ओलीलाई समवेदना दिन सोमबार गुन्डु पुगेको रेनुले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्। 

रेनुले फेसबुकमा लेखेकी छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीज्यूका बुवा मोहनप्रसाद ओलीज्यू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’ 

राजनीतिक रूपमा फरक धारमा रहे पनि व्यक्तिगत दुःखको घडीमा नेताहरूबीचको यस्तो उपस्थितिले मानवीय सम्बन्धलाई झल्काएको देखिन्छ।

अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको २०८२ फागुन २९ गते ९७ वर्षको उमेरमा निधन भएको थियो ।