काठमाडौँ-पश्चिम एसिया तनावले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज विभिन्न वायुसेवा कम्पनीका ६ वटा उडानहरू रद्द भएका हुन्।
नेपाल एयरलाइन्स,हिमालयन एयरलाइन्स,कुवेत, दुबई, लगायत गन्तव्यका उडानहरू रद्द गरिएका हुन् । उडानहरू स्थगित हुँदा सयौँ यात्रुहरू समस्यामा परेका छन् ।
विमानस्थल कार्यालयले उडान अवरुद्ध भएपछि उत्पन्न हुन सक्ने यात्रुहरूको असुविधालाई ध्यानमा राख्दै व्यवस्थापन कार्यलाई सहज र प्रभावकारी बनाउन सम्बन्धित वायुसेवा कम्पनी तथा निकायहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ। यसअघि पनि उडान रद्द भएका थिए ।







प्रतिक्रिया