डोटी-डोटीमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
आदर्श गाउँपालिका(६ रौसेल्लाखोला स्थित मौवा(गिरिचौका भित्री कच्ची सडकखण्डमा जिप दुर्घटना भएको हो।
दुर्घटनामा जिप चालक आदर्श गाउँपालिका(३ काँडी स्याउलेका २२ वर्षीय सुबोध रोकाया र जिपमा सवार सोही ठाउँका १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
खतेडाबाट काँडी स्याउलेतर्फ जाँदै गरेको सु।प।प्र। ०१(००१ च ३९२३ नम्बरको बोलेरो जिप घुम्तीमा अनियन्त्रित भएर सडकबाट ९ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।






प्रतिक्रिया