अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी २४ सांसदले ११ वटा मातृभाषामा लिदैछन् सपथ

यी २४ सांसदले ११ वटा मातृभाषामा लिदैछन् सपथ


काठमाडौं- संसद सचिवालयले प्रतिनिधिसभाका सदस्यहरुलाई सपथग्रहणको भाषा रोजाएकोमा २४ जना सांसदहरुले मातृभाषामा सपथ लिने जनाएका छन्। सचिवालयले जारी गरेको सूचना अनुसार उनीहरुले ११ वटा भाषामा सपथको तयारी गरेका छन्।

सचिवालयको विवरण अनुसार मातृभाषा मध्ये नेपाल भाषामा सपथ लिने सांसदहरुको संख्या ६ जना रहेको छ। जसमा अनुष्का श्रेष्ठ,कृष्णभक्त शाक्य,गंगालक्ष्मी अवाल,मदनकृष्ण श्रेष्ठ,रुकेश रञ्जित र विराजभक्त श्रेष्ठ रहेका छन्। यसैगरी आकृति अवस्थी,दीपकराज बोहोरा र हरिनादेवी कामीगरी ३ जनाले डोटेली भाषामा सपथ लिने भएका छन्। उज्ज्वल कुमार झा,दीपकुमार साह (महोत्तरी),दीपककुमार साह (सुनसरी) प्रमोदकुमार महतो,मातृका यादव र सीताराम साहले मैथिली भाषामा सपथ लिने भएका छन् । पर्शुराम तामाङले तामाङ भाषामा सपथ लिने भएका छन्। कन्हैया बनियाले भोजपुरीमा,गीता चौधरी र प्रमिला कुमारी गच्छादारले थारु भाषामा सपथग्रहण गर्ने भएका छन् । यस्तै कृपाराम रानाले राना थारु भाषामा सपथको तयारी गरेका छन् । खुश्वु ओलीले संस्कृतमा,जोगकुमार यादवले मगहीमा,मोहम्मद ईस्तिहाक राईले अवधीमा र ध्रुवराज राईले वान्तवा भाषामा सपथ लिने तयारी गरेको संसद सचिवालयले जनाएको छ ।