काठमाडौँ-गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्दै त्रिचन्द्र कलेजका विद्यार्थीले प्रदर्शन गरेका छन्।
सुशीला कार्की सरकारले नै कार्की प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै उनीहरुले हस्ताक्षरसहित प्रदर्शन गरेका हुन् ।
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटना छानबिनका लागि गठित आयोगबाट प्राप्त भएको लामो समय भैसकेको अवस्थामा समेत सरकारले प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनुलाई विडम्बना भएको उनीहरूको आरोप छ।






प्रतिक्रिया