अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज पनि सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?


काठमाडौं-नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको १६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि हिजो सोमबार सुन तोलाको २ लाख ७५ हजार ५ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलाको ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी तोलाको ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।