काठमाडौं-जेनजी प्रदर्शनका क्रममा आगजनी गरिएको पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको काठमाडौँको बूढानीलकण्ठस्थित घर धामधम भत्काउन थालिएको छ। २०८२ भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा आक्रोशित भिडले आगजनी गरेपछि पूर्ण रूपमा क्षति पुगेको उक्त घर भत्काउन थालिएको हो।
आगलागीका कारण क्षतविक्षत भएपछि सुरक्षा र पुनर्निर्माणका दृष्टिले प्रयोग गर्न नमिल्ने ठहर गर्दै भत्काउन सुरु गरिएको हो। कामदारहरूले घरका झ्याल, ढोका र छतका भागहरू उप्काइरहेको दृश्यमा देख्न सकिन्छ।
त्यतिबेलाको प्रदर्शनमा सहभागीहरूले राजनीतिक नेतृत्वप्रति आक्रोश व्यक्त गर्दै देउवाको घरको पर्खाल नाघेर भित्र पसी आगजनी गरेका थिए। सो घटनाले नेपाली राजनीतिमा ठुलो तरङ्ग ल्याएको थियो भने सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठेको थियो।
घर पूर्ण रूपमा क्षति भएपछि हाल देउवा परिवार महाराजगञ्जमा बस्दै आएको छ।













प्रतिक्रिया