अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ


काठमाडौँ-नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार विराटनगर महानगरपालिका–१५ बाट लागूऔषध खैरो हेरोइनसहित भारतीय नागरिक मसुल अनसारीलाई पक्राउ गरिएको हो।

सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट सिरहाको गोलबजार नगरपालिका–४ निपाने टोलबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका–१२ बाट दुई,  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेबाट दुई,      बाँकेका दुई, रूकुम पूर्वको, भूमे गाउँपालिका-२ बाट दुई जनालाई पक्राउ गरिएको हो।