काठमाडौं-नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले हतारमा र हतास मनस्थितिमा आएर राजीनामा नदिएको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा जारी कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले यस्तो बताएका हुन्।
निर्वाचनपछि चुनावबारे पहिलोपटक केन्द्रीय कार्यसमितिलाई सम्बोधन गर्दै सभापति थापाले हतारो र हतास भएर राजीनामा नदिएको बताए ।
जवाफदेहिताको लागि लागि आफूले राजीनामा दिएको सभापति थापाले बताए । निर्वाचनलगत्तै राजीनामा दिन चाहे पनि निर्वाचनका प्रक्रिया बाँकी रहेकोले आफूले ढिलोगरी राजीनामा दिएको सभापति थापाले बताए ।
उनले कांग्रेसले निर्वाचनमार्फत प्रमुख प्रतिपक्षको भुमिकामा पुर्याएको भन्दै यो जिम्मेवारीलाई महत्वपूर्ण ढंगले पूरा गर्नुपर्ने बताए।






प्रतिक्रिया